Sमझुवा खुल्ला दिसा मुक्त वडा घोषणा

मझुवा । खाँडादेवी गाउँपालिका वडा नं २ मझुवालाई शनिवार एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ ।

खाँडादेवी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष इन्द्र कुमार लामाको अध्यक्षता तथा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको थियो । मझुवाका प्राय सबै घरहरुमा शौचालय निर्माण भइसकेको हुँदा खुल्ला दिसा मुक्त वडा घोषणा गर्दै सरसफाई क्रियाकपाल सुभारम्भ भएको कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनु भएको थियो । 

वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति मझुवाको आयोजना जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको समन्वय तथा सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको सहयोगमा कार्यक्रम संचालन गरिएको थियो  ।  खुल्ला दिसा मुक्त वडा घोषणा कार्यक्रममा उक्त कार्यमा सहयोग गर्ने १६ संस्था तथा ३२ ब्यक्तिलाई प्रशंसा पत्रमा साथ सम्मान गरिएको जानकारी परियोजना संयोजक तिलक कार्कीले दिनु भयो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रामेछापका अध्यक्ष एवं सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा खुसहरि बुढा, नेपाल पत्रकार महासंघका उमङ्ग मैनाली, वडा सचिव नविनकुमार भट्टराई, स्वास्थ्य चौकी मझुवाका प्रमुख पदम कुमार श्रेष्ठ, खाँडादेवी उमाविका सहायक प्रधानाध्यापक खड्ग बिक्रम लामा, शिक्षाप्रेमी ललित लामा लगाएतले खुल्ला दिसा मुक्त वडा घोषणालाई दीगोपानाका लागि गर्नुपर्ने कार्यहरुको बारेमा आफ्ना बिचार राख्नु भएको थियो । साथै खाँडादेवी माईलाई साक्षी राखेर आज उप्रान्त कहिँ कतै खुल्ला दिसा गर्ने छैन । भवितव्य परेको अवस्थामा दिसालाई राम्ररी पुर्ने छौं भनी प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । 

Other Completed Programs

संस्थागत विकास संजालसँगको वैठक सम्पन्न

संस्थागत विकास संजाल एकान्तकुन ललितपुरका मध्यमान्चल क्षेत्रिय समितिसँग संस्थाको पदाधिकारीहरुको वैठक सम्पन्न भएको छ ।

Read more

कार्यकारिणी समितिको वैठक सम्पन्न

यस आर्थिक वर्ष २०७२÷०७३ को प्रारम्भ भए पश्चात हालसम्म (श्रावणदेखि चैत्र मसान्तसम्म) ...पटक कार्यकारिणी समितिको वैठक वसिसकेको छ ।

Read more

साधारण सभा तथा अधिवेशन सम्पन्न

सामुदायिक विकास समाज, मन्थली रामेछापको १४ औं वार्षिक साधारण सभा र चौथो अधिवेशन २०७२ साल असोज २७ गते भव्यताको साथ सम्पन्न भएको थियो ।

Read more

मझुवा खुल्ला दिसा मुक्त वडा घोषणा

मझुवा । खाँडादेवी गाउँपालिका वडा नं २ मझुवालाई शनिवार एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ ।

खाँडादेवी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष इन्द्र कुमार लामाको अध्यक्षता तथा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको थियो । मझुवाका प्राय सबै घरहरुमा शौचालय निर्माण भइसकेको हुँदा खुल्ला दिसा मुक्त वडा घोषणा गर्दै सरसफाई क्रियाकपाल सुभारम्भ भएको कार्यक्रमका प्रमुख अतिथि एवं गाउँ...

Read more

Recent News

सम्पादकीय सूचना, पारादर्शिता र सशक्तीकरणका लागि प्रकाशन

सामुदायिक विकास समाजले स्थापनाकालदेखि नै विभिन्न प...

© Copyright 2018, Community Development Society All Rights Reserved

Developed by: supremeitsolutions.com