तालिम सम्पन्न

संस्थागत विकास तथा क्षमता अभिवृद्धि तालिम गत साता खाँडादेवी गाउँपालिका–१ र २, राकाथुम र मझुवामा सम्पन्न भएको छ । 
सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरण ः स्वास्थ्य तथा सरसफाई परियोजनाको आयोजनामा महिला समूह संजालका लागि आयोजना गरिएको संस्थागत विकास तथा क्षमता अभिवृद्धि २ दिने तालिममा मझुवामा २७ र राकाथुममा २५ जना गरी ५२ जना वडा स्तरीय महिला संजालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेतृत्व विकास र नेतृत्वमा हुनु पर्ने गुणहरु, नेतृत्वको भूमिका साथै सहकारी अवधारणा, सहकारी दर्ता प्रक्रिया र आवश्यक कागजातहरु, प्रस्ताव पत्र लगाएतका विषयमा तालिम संचालन गरिएको थियो । तालिमको सहजिकरण परियोजनाका संयोजक तिलक कार्की र संस्थागत विकास सहजकर्ता रेवन्ता बोहोराले गरेका थिए ।

© Copyright 2018, Community Development Society All Rights Reserved

Developed by: supremeitsolutions.com